© २०२३
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा देखिएको महाशाखाले जानकारी दिएको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य ठाउँमा मौसम सामान्यतया सफा रहनेछ ।
आज राति कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।