© २०२३
काठमाडौं, २८ कात्तिक ।
सरकारले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रूपैयाँ बजेट स्वीकृत गरेको छ ।
निर्वाचन आयोगले साढे सात अर्ब रूपैयाँ माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए ।
‘निर्वाचनका लागि स्रोत सुनिश्चितता भएको छ,’ भट्टराईले भने ।
थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गर्नेछ भने अहिलेलाई ५ अर्ब रूपैयाँ स्वीकृत भएको उनले बताए ।