Butwal Today

सन्तोष परियारले रास्वपा छाडे

२८ कार्तिक २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, २८ कात्तिक ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन् ।

उनी विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक थिए । उनले आफ्नो राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका छन् ।

पछिल्लो समय रास्वपामा नेतृत्व परिवर्तनको बहसमा परियार पनि संलग्न थिए । यसअघि चितवनमा सम्पन्न विस्तारित बैठकमा उनले विशेष महाधिवेशनको माग समेत राखेका थिए ।

परियारको पृष्ठभूमि कम्युनिस्ट भएकाले उनी जनार्दन शर्मा, घनश्याम भूसाल, नेत्रविक्रम चन्द विप्लव, मानुषी यमी लगायतसँग संवादमा रहेको रास्वपा स्रोतले बताएको छ ।

यसअघि रास्वपाकै केन्द्रीय सदस्य सुमना श्रेष्ठले पनि नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टी छाडेकी थिइन् । रास्वपा छोडेको जानकारी दिँदै श्रेष्ठले भनेकी थिइन्, ‘अब खुला रुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु ।

मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाडेँ ।’