Butwal Today

जेनजी आन्दोलनमा क्षतिग्रस्त ४६५ मध्ये ४४८ प्रहरी बिट पुनः सञ्चालनमा

२७ कार्तिक २०८२, बिहीबार
अ+
अ-

 काठमाडौं, २७ कात्तिक ।

गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा क्षति भएका ४६५ मध्ये ४४८ प्रहरी बिट पुनः सञ्चालनमा आइसकेको बताएका छन् । संघीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बिहीबार उपस्थित भएका गृहमन्त्री अर्यालले यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार आन्दोलनका कारण केही समय अवरुद्ध बनेको सुरक्षा व्यवस्था अहिले क्रमशः सामान्य बन्दै गएको छ । सरकार गठनपछिको अन्योलपूर्ण अवस्थाका बीच पनि दुई महिनाको अवधिमा शान्ति–सुरक्षा सामान्य अवस्थामा ल्याउन सफल भएको उनले बताए ।

गृहमन्त्री अर्यालले बाँकी रहेका प्रहरी बिटहरू पनि शीघ्र सञ्चालनमा ल्याउन गृह मन्त्रालयले आवश्यक तयारी गरिरहेको जानकारी दिए ।