नवलपरासी पश्चिम्
पश्चिम् नवलपरासीमा तस्कर समुहले सिमा सुरक्षामा खटिएको शसस्त्र प्रहरी माथी नै आक्रमण गरेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ ।
गएराति १२ बजेको समयमा जिल्लाको सिमावर्ती क्षेत्र बसैयाको दसगजा नजिक भारतीय मोटरसाइकलमा आउँदै गरेका तस्कर समुहले ईन्सपेक्टरको कमान्डमा खटिएका सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा धक्का मुक्की भएपछि हवाई फायर भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर नवलपरासीका प्रमुख (एसपी) सन्तोष रायमाझीले जानकारी दिए।
सुरुमा ५/६ ओटा मोटरसाइकलमा आएका उनिहरुले प्रहरी सगको झडपपछि होहल्ला गरेपछि तस्करहरूको बचाउमा झण्डै ३५/४० जनाको समूह आएर प्रहरीलाई आक्रमण गरेपछि सुरक्षाका कारण हवाई फायर भएको रायमाझीले बताए ।
“उनिहरुले सिद्रा माछा ल्याएका रहेछ्न चेकजाँच गर्ने क्रममा ३५/४० जनाको समूह हामिमाथी नै आक्रमण गर्न खोजेपछी हवाई फायर भएको हो,अहिले प्रहरीले केही गर्दैन हदै भए पक्राउ गर्ने हो भन्ने मानसिकताले पनि उनिहरुको मनोबल बढेको देखिन्छ,यो ठाउँ त तस्करका लागि हव नै रहेछ,तर तुलनात्मक रुपमा नियन्त्रण भएको छ”रायमाझीले भने ।
खुला सिमाका कारण नवलपरासीमा लसुन,केराउ,चिनी,मोबाईल सामाग्री,लागुऔषध लत्ता कपडा लगायतका सामानहरु तस्करी हुँदै आएको छ ।