Butwal Today

आज देशभरको मौसम सफा रहने

२७ कार्तिक २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

आज देशभर मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ।

देशका बाँकी भागमा भने आज मौसम सफा रहने बताएको छ। त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?