Butwal Today

धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार गर्न रेसुंगामा कार्यपालिका बैठक 

२६ कार्तिक २०८२, बुधबार
अ+
अ-
गुल्मी, २६ कात्तिक।
धार्मिक तथा पर्यटकीय क्षेत्रको थप प्रचारप्रसार गर्नका लागि रेसुंगा नगरपालिकाको कार्यपालिका बैठक रेसुंगामा बसेको छ ।
नगरप्रमुख खिलध्वज पन्थीका अनुसार रेसुंगा क्षेत्रको प्रचार प्रसार गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यकहरुलाई आकर्षित गर्नका लागि बुधबारको कार्यपालिका बैठक धार्मिक तथा पर्यटकीय क्षेत्रमा गरिएको बताए।
रेसुंगा क्षेत्रको गरिमा र महत्वलाई देश तथा विदेशसम्म पुर्याउनुका साथै यसले सकारात्मक सन्देश दिनका लागि थप टेवा पुग्ने आफूले विश्वास लिएको उनले बताए ।
रेसुंगा क्षेत्रलाई देशका विभिन्न शहर र  स्थानहरुमा चिनाउनका लागि जाउँ हिँड रेसुंगा कार्यक्रम सञ्चालन गरेकाले यस कार्यक्रम प्रभाकारी भएको पन्थीले दाबी गरे ।
यसलाई अझै प्रभावकारी बनाउनका लागि रेसुंगा क्षेत्रको बारेमा नगरले तयार पारेको वृत चित्र मुख्य शहरहरुमा प्रस्तुत गर्दै जाने उनको भनाइ छ ।
यस अघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्डको) उपस्थितीमा काठमाडौँमा रेसुंगा क्षेत्रको महत्वबारे जानकारी दिने उद्येश्यले एक विशेष कार्यक्रम गरिएको थियो ।