ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

रुपन्देहीमा नयाँ मतदाता नामावली जारी साढे ६ हजार बढी थपिए, युवामा उत्साह

२६ कार्तिक २०८२, बुधबार
२६ कार्तिक २०८२, बुधबार

बुटवल, २६ कात्तिक ।

जेनजी आन्दोलनपछि गठन भएको नागरिक सरकारले आगामी छ महिनाभित्र निर्वाचन गराउने तयारीसँगै देशभरका निर्वाचन कार्यालय व्यस्त छन् ।

नेपाली नागरिकता प्राप्त १६ वर्ष पूरा गरेका सबैले अनलाइनमार्फत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ, तर १८ वर्ष पुगेकाले मात्र मताधिकार प्रयोग गर्न पाउने छन् ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएपछि देशभर मतदाता नामावली सङ्कलन तीव्र बनेको छ। निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू, स्वतन्त्र युवा र जेनजी समूहका युवाहरू मतदाता नामावलीमा उत्साह पूर्वक नाम दर्ज गराइरहेका छन् ।

रुपन्देही जिल्लामा पनि मतदाता नामावली दर्ता गराउनेको भीड लागेको छ। नाम दर्ता गराउनेमध्ये अधिकांश युवापुस्ताहरू रहेका छन् ।

रुपन्देही निर्वाचन कार्यालय भैरहवामा बिहान ८ बजेदेखि नै युवाको भीड लाग्ने गरेको छ। त्यही भिडमा मतदाता नामावली दर्ता गरेकी स्मिना भारी भन्छिन्,“मताधिकार प्रयोग गर्ने अधिकारका लागी लागि बिहानैदेखि लाइनमा बसेँ ।”

उनी भन्छिन् अब हरेक निर्वाचनमा सक्षमलाई र हाम्रा भन्दा पनि राम्रालाई मतदान गर्ने हो हामी तीनदेखि चार घण्टासम्म पालो कुर्नुपरे पनि उत्साहित नै छौँ । उनले नयाँ पुस्तालाई पनि मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह समेत गरिन् ।

त्यसै गरी, रोल्पाका मनिष कँवर बुटवलबाट परीक्षा सकेर १० बजे मतदाता नामावलीका लागि भैरहवा निर्वाचन कार्यालय पुगे उनी फोटो खिचाउन र वायोमेट्रकै लागि त्यहाँ पुगेको बताउँछन् ।

“संविधानले दिएको अधिकार प्रयोग गर्नुपर्छ पुरानाको साथ र नयाँको काँधमा देशको भविष्य छ भन्दै हामी धेरै विद्यार्थी यहाँ आएका छौँ जो अहिले सम्म मतदान गर्नुभएको छैन । उनले भने विदेशमा रहेका नेपालीहरूले पनि मताधिकार प्रयोग गर्न पाउने व्यवस्था सरकार गर्नुपर्छ ।

देवदहका सुवास न्यौपाने बिहान ९ बजेदेखि लाइनमा बसेको बताउँछन् “ स्थानीय तहमै मतदाता नामावली दर्ता गर्ने सुविधा भएको भए हामीलाई यसरी घण्टौँ लाइन बस्नुपर्दैनथ्यो,” उनले भने । उनले भने अहिले म २८ वर्षको भए पहिलो पटक मतदाता परिचयपत्र बनाउन आएको छु यो मेरो भन्दा पनि देशको आवश्यकता हो ।

जिल्ला निर्वाचन अधिकृत कल्पना अर्यालका अनुसार रुपन्देहीमा मतदाता नामावली दर्ता अन्तिम चरणमा पुगेको छ अब वाकी ४ दिन मात्रै छ । “हामी जनताको सेवक हौँ । सेवाग्राही नसकुन्जेल राती सम्म भए पनि कार्यालयमा काम गरिरहेका छौँ,”उनले भनिन् ।

उनका अनुसार कात्तिक २५ गतेसम्म ६ हजार ६ सय ४४ जनाले नयाँ दर्ता गरेका छन्, जसमा करिब ८० प्रतिशत युवा छन् । “सुरुवाती दिनहरूमा दैनिक ३०–४० जना मात्रै आउँथे। अहिले अन्तिम चरणमा कार्यालय थेग्नै मुस्किल परेको छ,”अर्यालले बताइन् ।

अहिले कार्यालयमा अतिरिक्त दुई कर्मचारी थप गरी सेवा दिइरहेको जनाइएको छ।  कार्तिक २४ गते मात्रै १५ सय जना नयाँ दर्ता भएका छन् यसरी अन्तिममा भिडभाड बढिरहेको छ ।

जिल्ला निर्वाचन कार्यालयका तथ्याङ्कअनुसार हाल रुपन्देहीमा ६ लाख ४३ हजार ८ सय ७४ मतदाता रहेका छन् । तीमध्ये ३ लाख १३ हजार ४ सय ५ पुरुष र ३ लाख ३० हजार ४ सय ६१ महिला मतदाता रहेका छन् ।

अर्यालका अनुसार बाहिरी जिल्लाका नागरिकले समेत रुपन्देहीबाट दर्ता गर्न पाउने व्यवस्थाले यहाँ भीड बढेको हो । “सबै दर्ता रुपन्देहीकै होइनन्, बाहिरी जिल्लाबाट पनि यहाँ आएर दर्ता गर्नेहरू धेरै छन्,” उनले भनिन् ।

मतदाता नामावली दर्ता र अद्यावधिक कार्य असोज १० गतेदेखि सुरु भएको हो र कात्तिक मसान्त अर्थात् कार्तिक ३० सम्म  जारी रहनेछ । रुपन्देहीमा मतदाता नामावली दर्ताले युवामा जागरण ल्याएको छ ।

लामो लाइन, समय र धैर्यतालाई जित्दै युवाहरूले आफ्नो मताधिकारको मूल्य बुझ्न थालेका छन् । जेनजी आन्दोलनपछिको राजनीतिक सङ्क्रमणमा यो उत्साहले आगामी निर्वाचनमा नयाँ पुस्ताको सहभागिता र निर्णायक प्रभाव देखाउने सङ्केत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?