Butwal Today

एमालेले बोलायो विघटित संसदीय दलको बैठक

२४ कार्तिक २०८२, सोमबार
अ+
अ-

काठमाडौं, २४ कात्तिक ।

नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक बोलाएको छ ।

एमालेका नेता महेश बर्तौलाले जानकारी दिए अनुसार, बैठक राखिएको उद्देश्य “मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गर्नु” रहेको छ ।

संसदीय दलको बैठक आगामी मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्नेछ । प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामा पनि बर्तौलाले प्रमुख सचेतकको हैसियतमा बैठक बोलाएका हुन् ।