ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

खानेपानी योजनाको बजेट तानातानले सङ्घीयताभन्दा जेठा योजना अलपत्र

जिल्लामा डेढ दशक अगाडिबाट थालनी भएका दुई दर्जन भन्दा बढी योजना अलपत्र छन् । नेताले नियम मिचेर बजेट तानातान गर्दा ट्याङ्की बनिसकेका योजनाका पाइपलाइन समेत बिस्तार (हे. तानसेन–९ दमकडाको लिफ्ट खानेपानी योजनाको ट्याङ्की) भएका छैनन् ।
२३ कार्तिक २०८२, आइतबार
२३ कार्तिक २०८२, आइतबार

समाचार सारांशमा


  • संघीयता कार्यान्वयन हुनुअघि सुरु भएका धेरै खानेपानी योजना अलपत्र अवस्थामा छन् ।

  • बनेका पूर्वाधार (ट्यांकी, पाइपलाइन, डिप बोरिङ) प्रयोगविहीन भएर खण्डहरमा परिणत हुँदै गएका छन् ।

  • जनता र स्थानीय प्रतिनिधिहरूले संघीय सरकार र ठेकेदारहरूको बेइमानी आरोप लगाएका छन् ।


पाल्पा, २४ कार्तिक । 

मुलुकमा सङ्घीयता कार्यान्वयन हुनु भन्दा अगाडि सुरु भएका खानेपानीको योजनाहरू अलपत्र रहेको पाइएको छ ।

बजेट अभावका कारण देखाउँदै पूर्वाधार पूरा गरिएका छैनन् । सङ्घीयता कार्यान्वयन भएपछि जनता यस्ता काममा सुविधा पाउलान् भन्ने कथन फेल भएको छ ।  गाउँमा सुरुवात भएको लिप्टिङ खानेपानीको लागि पूर्वाधार बन्यो । विद्युतीय उपकरण खरिद भयो ।

थप पूर्वाधार निर्माणका लागि बजेट नहुँदा विद्युतीय सामग्री दिनप्रतिदिन बिग्रँदै गएको भैरव स्थानका स्थानीय बासिन्दा तथा रिब्दीकोट गाउँपालिकाका प्रतिनिधि सोम कुमार कार्की बताउँछन् ।

सङ्घीय सरकारको बेइमानीका कारण आफ्नो गाउँमा टङ्की बनेर बसेका छन् धारा बिस्तार हुन नसकेको वर्षौँ भयो । बनेको टङ्की पानी विहीन हुँदा घामका कारण फुट्ने चर्कने अवस्थामा पुगेको तिनाउ गाउँपालिका कोलडाँडाका स्थानीय लाल बहादुर दर्लामी बताउँछन् ।

जिल्लामा डेढ दशक अगाडिबाट थालनी भएका दुई दर्जन भन्दा बढी योजना अहिले सङ्घीय सरकारको बेवास्ताका कारण अहिले बेवारिसे जस्तै भएको छ । विगतमा प्रक्रियागत सुरुवात भएको योजना हो ।

माडी फाँटमा डिप बोरिङ गाडियो, गाउँमा टङ्की बन्यो पाइप लाइन बिस्तार गर्ने समयमा बजेट रोकियो । १ हजार ५ सय जनता लाभान्वित हुने यो योजना अहिले अलपत्र परिएको वगनासकाली गाउँपालिकाको पोखरा थोकका स्थानीय मोहनलाल गैरे बताउँछन् ।

योजना अलपत्र भयो निर्वाचनमा मत माग्न आएका नेताहरूले आश्वासन दिएको पनि धेरै भयो तर प्रगति भएन । हाम्रा माननीयहरूले पनि केही गरेनन् बनेका पूर्वाधार खण्डहरमा परिणत हुने क्रम भयो उनले भने ।

तत्कालीन के.पी ओलीको नेतृत्वमा बनेको सरकारको समयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष यही पाल्पाका हुन् । उनले पनि जनताको आवश्यकता भन्दा केही झोले नेता र ठेकेदारका लागि अनुकूलित बजेट नियम मिचेर आफ्नो गाउँमा योजना चलाउँदा गाउँका वर्षौँ पुराना योजना अलपत्र पारेको स्थानीय गुनासो गर्न लागेका छन् ।

खानेपानी कार्यालयमा कार्यरत प्राविधिक ठेकेदार भए गाउँमा आएपछि टङ्की बनाए । बाँकी काम अलपत्र बनाएर गए सफा खानेपानी सपना सपना जस्तै भएको तिनाउ गाउँपालिका सत्यवतीकी ७० वर्षीय देव कुमारी दर्लामी बताउँछिन् ।

अधिकांश योजनाको वितरण लाइन निर्माण र विद्युतीयकरण गर्न बाँकी रहेछन् । विगतमा कार्यलय प्रमुखले यस्ता योजनालाई पूर्णता दिनका लागि आवश्यक थप रकम लागि पहल नगर्दा २६ वटा योजना अलपत्र अवस्थामा रहेको कार्यालयका एक प्राविधिकले बताए ।

रैनादेवी छहरा गाउँपालिकाको मुझुङमा करिब २ हजार जनता प्रत्यक्ष रूपमा लाभान्वित हुने गरी लिप्ट खानेपानी योजनाको थालनी भयो । तत्कालीन समयमा २ करोड ८४ लाख ५३ हजार रुपैयाँ लागत प्रस्तावित भयो । योजनाको सुरुवात भयो पटक पटक गरेर प्राप्त बजेटले असी प्रतिशत भौतिक प्रगति भयो ।

सङ्घीय सरकारले ३० लाख रुपैयाँ रोकिदिँदा भलच्याम्बर निर्माण सँगै वितरण लाइनको काम अधुरो भएको स्थानीयहरू बताउँछन् । बजेट यस वर्ष रोकिएको होइन विगत वर्षदेखि नै रोकिएको हो । २६ वटा अलपत्र योजना मध्ये एक दर्जन लिप्ट योजना मात्र रहेका छन् ।

जलवायु अनुकूलित बृहत् खानेपानी योजना (सङ्घ सर्सत) अनुदान कार्यक्रममा योजना अन्तर्गतका योजना मध्य केही जनताका लागि भन्दा नेताका लागि त केही कार्यालयका कर्मचारीका आवश्यकताका लागि सुरु भएका योजनाहरू अधुरा रहेका हुन् ।

माथा गढी गाउँपालिकाको गोठादी पुरन पानी सात पोखरी लिप्ट योजना सुरु भयो १ करोड ९६ लाख ४० हजार बजेट प्रस्तावित भयो पटक पटक गरेर प्राप्त बजेटले ७० प्रतिशत भौतिक प्रगति भयो । सङ्घीय सरकारले यो योजना सम्पन्न गर्नका लागि ५५ लाख रुपैयाँ सरकारले रोक्दा विद्युतीय र ट्रान्स मिसन लाइनको काम बाँकी छ ।

खानेपानीको कष्ट नै छ यहाँ तर यहाँ भन्दा पछि थालनी भएका योजना सम्पन्न भए । यहाँका जनताको पहुँच नपुगेका कारण योजना लथालिड्ड भएको स्थानीय कृष्ण बहादुर नेपाली बताउँछन् ।

निर्वाचनका समयमा माननीयका उम्मेदवारहरू एक घर एक धाराको नारा लगाई सार्थक बनाउने प्रतिबद्धता व्यक्त गर्दै आए चुनाव पनि जिते चुनाव पछि जनताको सामु गरेका बाचालाई लत्त्याएका कारण यो योजना विगत सात वर्ष देखि अलपत्र परेको उनले बताए ।

गुणनिधि पोखरेल
प्रमुख, खानेपानी तथा सरसफाई कार्यालय, पाल्पा

खानेपानी कार्यालयका प्रमुख गुणनिधि पोखरेल भन्दछन्, सङ्घीयता भन्दा जेठा योजनाहरू बजेट अभावका कारण अलपत्र अवस्थामा पुगेको हो । विगतमा जे जस्तो भए पनि जनताको समस्यालाई न्यूनीकरण गर्दै लैजानका लागि सङ्घीय सरकारको अर्थ मन्त्रालय, खानेपानी मन्त्रालय समक्ष समन्वय गरेर योजनाहरू पुरा गर्दै जानी हो ।

विगतका कमी कमजोरीलाई सच्याउँदै अगाडि बढ्नुको विकल्प नहरेको उनी बताउँछन् । पुराना योजना सम्पन्न गर्नका लागि सङ्घीय सरकारबाट थप २ अर्ब २५ करोड ३० लाख रुपैयाँ बजेट आवश्यकता पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?