Butwal Today

एन्फा मुख्यालयमा खेलाडीहरुले गरे प्रदर्शन

२० कार्तिक २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, २० कार्तिक ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय अगाडि खेलाडीहरूले प्रदर्शन गरेका छन् ।

नेपाल फुटबल खेलाडी संघको आयोजना तथा नेतृत्वमा सातदोबाटोस्थित एन्फा मुख्यालय पुगेर प्रदर्शनमा उत्रिएका खेलाडीहरूले ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र सञ्चालन गर्ने निर्णयविरुद्ध विरोध जनाएका हुन् ।

खेल्न पाउने आफ्नो आधारभूत हकका लागि सडकमा आउन बाध्य भएको संघले जनाएको छ । पटकपटक लिग स्थगित नगर्न भने पनि बेवास्ता गरिएपछि प्रदर्शनमै उत्रिनु परेको खेलाडीको भनाइ छ ।

एन्फाले यसअघि निर्णय गर्दै यस वर्ष पुसमा राष्ट्रिय लिग आयोजना गर्ने र ए डिभिजन लिग फुटबल अर्को वर्ष पुसमा मात्र सुरु गर्ने जानकारी दिएको छ ।