Butwal Today

पोखरा सहकारीको ८८ करोड हिनामिना, अध्यक्षसहित ७ जना पक्राउ

१९ कार्तिक २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, १९ कार्तिक ।

पोखरा स्थित बचत तथा ऋण सहकारी संस्थामा ठूलो रकम हिनामिनाको उजुरीपछि कास्की प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष सुरेन्द्र गोदार, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणि दाहाल, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, सदस्य दोर्जे तामाङ र सुपरभाइज मार्केट प्रमुख बेदीप्रसाद सुवेदी रहेका छन् ।

वित्तीय विश्लेषक निर्मल गौतमको समितिले गरेको अध्ययनअनुसार सहकारीको ८८ करोड ७० लाख रुपैयाँ  हिनामिनाको घटना भएको पुष्टि भएको छ । प्रारम्भिक अनुसन्धानमा संस्थाका पदाधिकारी, व्यवस्थापक र कर्मचारी मिलेर सहकारीमा सङ्कलित रकम हिनामिना गरेको देखिएको छ ।

कार्यसमिति, पूर्वपदाधिकारी तथा सञ्चालकहरूले व्यक्तिगत स्वार्थअनुसार रकम हिनामिना गरेका आयोगले जनाएको छ । पक्राउ परेकाहरूलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।