© २०२३
काठमान्डौ, १९ कार्तिक ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकासमेत समावेश त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच प्रतिस्पर्धा जारी छ ।
दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस जितेर फिल्डिङ रोजेको यूएईका विरुद्ध नेपालले पावर प्लेमा मध्यम प्रदर्शन गरेको छ । १० ओभरको समाप्तिसम्म नेपालले १ विकेटको क्षतिमा ४१ रन जोडेको छ । क्रिजमा ओपनर आशिफ शेख र भीम सार्की अविजित रहेका छन् ।
आशिफले २९ बलमा ३ चौका प्रहार गर्दै २० रन बनाएका छन् भने भीमले २२ बलमा २ चौकाको मद्दतमा १४ रन जोड्दै सशक्त साझेदारी निभाइरहेका छन् ।
यसअघि दोस्रो ओभरको पाँचौँ बलमा नेपालले पहिलो झटका बेहोरेको थियो । ओपनर कुशल भुर्तेल ९ बलमा २ रन बनाएर जाहिद अलीको बलमा विकेटकिपर आर्यान्स शर्मामार्फत क्याच आउट भएका थिए ।