© २०२३
बुटवल, १९ कार्तिक ।
के तपाईलाई अदुवाका फाइदाबारे थाह छ र? छैन भने आउनुस् गुणकारी अदवाले स्वास्थ्यलाई गर्ने फाइदाबारे चर्चा गरौं ।
अदुवा हामी मध्ये धेरैको भान्साको एक महत्वपूर्ण तत्व हो । अदुवाले तपाईले खाने चिया र खानाको स्वाद बढाउन मात्र सहयोग गर्दैन यसले स्वास्थ्यमा थुप्रै लाभसमेत पुर्याउने गर्छ । हामीले कुनै न कुनै रूपमा अदुवाको सेवन गर्छौं, चाहे त्यो चियामा हालेर होस् वा विभिन्न प्रकारका परिकारमा । तर के तपाईंले कहिल्यै अदुवाको पानी पिउनुभएको छ अदुवाको लाभ पाउनका लागि अदुवाको पानी सबैभन्दा सजिलो उपाय हो । आयुर्वेदमा अदुवा औषधीय गुणका लागि परिचित छ यसलाई धेरै रोगहरू निको पार्ने जडीबुटीको रूपमा प्रयोग गरिन्छ ।
अदुवामा शरीरका लागि आवश्यक पोषक तत्व हुन्छ । यसमा भिटामिन सी, क्याल्सियम, फस्फोरस, आइरन, जिंक, कपर, म्यागनीज र क्रोमियम पाइन्छ । जसका कारण यसले स्वास्थ्यलाई धेरै फाइदा पु¥याउँछ । विशेष गरी यदि तपाईंले बिहान खाली पेटमा अदुवाको पानी पिउनुहुन्छ भने यो थप लाभदायी हुन्छ । अदुवाको पानी पिउँदा तौल घटाउन मद्दत गर्छ ।
खाली पेटमा अदुवाको पानी पिउनाले मेटाबोलिजम तेज हुन्छ । जब तपाईंको मेटाबोलिजमले राम्ररी काम गरिरहेको हुन्छ, यसले दिनभर सामान्य क्रियाकलाप गर्दा पनि क्यालोरीहरू बर्न गर्ने काम गर्छ । जसले तब्र रुपमा फ्याट बर्न गर्न मद्दत गर्छ । यसले शरीरलाई प्राकृतिक रूपमा डिटक्सिफाइ गर्न पनि मद्दत गर्छ ।
मधुमेह रोगीहरूका लागि लाभदायक
यदि तपाईंले खाली पेटमा अदुवाको पानी पिउनुहुन्छ भने यसले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्छ र रगतमा चिनीको मात्रा बढ्नबाट रोक्छ । यसले मधुमेहका कारण हुने समस्यालाई हटाउन मद्दत गर्छ ।
छालाको लागि शारीरमा जम्मा भएको फोहोर र विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । साथै यसमा पाइने एन्टिअक्सिडेन्टले क्यान्सरजस्ता गम्भीर रोग निम्त्याउने फ्री रेडिकलसँग लड्न मद्दत गर्छ । छालाको दाग, पिम्पल, बुढेसकालका लक्षणहरू जस्तै चाउरी र फाइन लाइनहरू कम गर्न मद्दत गर्दछ । यसले तपाईंको रगतलाई प्राकृतिक रूपमा शुद्ध गर्न मद्दत गर्दछ, जसको प्रभाव छालामा प्रत्यक्ष रूपमा देखिन्छ। शरीर सुन्निनेजस्ता समस्या हटाउन यसले मद्दत गर्छ । अदुवामा प्रचुर मात्रामा कीटाणु र हानिकारक ब्याक्टेरियासँग लड्न मद्दत गर्दछ । क्रोनिक इन्फ्लामेटरीसँग लड्न अदुवा पानी धेरै लाभदायक छ ।
खाली पेटमा अदुवाको पानी पिउनाले पाचन शक्तिलाई बलियो बनाउन मद्दत गर्छ । जसले गर्दा अपच, कब्जियत, पेट फुल्ने, बान्ता पखाला र वाकवाकी जस्ता समस्यालाई हटाउन पनि यो निकै प्रभावकारी हुन्छ ।
अदुवाको पानी पिउनाले खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ । यसका कारण हृदयाघात र स्ट्रोक जस्ता रोगको जोखिम कम गर्न र मुटुलाई स्वस्थ राख्न सहयोगी हुन्छ ।
अदुवाको पानी बनाउनका लागि, तपाईंले अदुवाको टुक्रालाई एक गिलास पानीमा १ इन्चसम्मको अदुवाको टुक्रा पिसेर हाल्नुहोस् र यसलाई उमाल्नुहोस् । त्यसपछि यसलाई छान्नुहोस् र एक चम्चा महसँग कागतीको रसमा मिसाएर खानुहोस् । यसो गर्दा स्वस्थ र निरोगि जीबन बिताउन सक्नु हुन्छ ।