Butwal Today

एसईई २०८३ मा सहभागी हुनका लागि आवेदन फारम खुला

१९ कार्तिक २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, १९ कार्तिक ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० सानोठिमी, भक्तपुरले माध्यमिक शिक्षा परीक्षा  (एसईई) २०८३ मा सहभागी हुनका लागि आवेदन फारम खुला गरेको छ ।

बोर्डले बुधबार सूचना प्रकाशित गर्दै नियमित परीक्षामा सहभागी हुन चाहने विद्यार्थीहरूले आजदेखि मङ्सिर २४ गतेसम्म रजिस्ट्रेशन फारम भर्न सक्ने जनाएको छ ।

शैक्षिक सत्र २०८२ मा कक्षा ९ मा साधारण, परम्परागत ९संस्कृत, वेदविद्याश्रम, गुरुकुल, मदरसाह, गोन्पा० तथा प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीका लागि आवेदन खुला गरिएको हो । बोर्डले सम्बन्धित विद्यार्थी, विद्यालय, पालिकाका शिक्षा शाखा तथा शिक्षा विकास र समन्वय इकाइहरूलाई फारम भर्ने तथा भराउने प्रक्रियामा सक्रिय सहयोग गर्न आग्रह गरेको छ ।

बोर्डका अनुसार यस रजिस्ट्रेशन फारममार्फत विद्यार्थीहरूको नाम दर्ता हुने भएकाले फारम नभरिने विद्यार्थीहरूले एसईई २०८३ मा सहभागिता जनाउन पाउने छैनन् । परीक्षामा सहभागी हुनका लागि विद्यार्थीले २०८३ साल चैत मसान्तसम्म १४ वर्ष उमेर पूरा गरेको हुनुपर्ने पनि बोर्डले स्पष्ट पारेको छ ।