Butwal Today

जनार्दनजी, पार्टीमा फर्किनुहोस्, तपाईँलाई गुमाउन चाहँदैनौँ : प्रचण्ड

१८ कार्तिक २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, १८ कार्तिक । 

नेकपा माओवादी केन्द्रका संयोजक तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता जनार्दन शर्मालाई पार्टीमा फर्किन आग्रह गरेका छन् ।

मंगलबार प्रज्ञाभवन, कमलादीमा बसेको महाधिवेशन आयोजक समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रचण्डले शर्मालाई भोलिसम्म फर्किन आग्रह गरेका हुन् ।

जनार्दनजी बाहिर नजानोस् । भोलिसम्म फर्किनोस् । तपाईँलाई गुमाउन चाहँदैनौ । तपाईँ भ्रमित नहुनोस् । तपाईँ यो बैठकमा आफै नआएको हो, हामीले लखेटेको होइन’, उनको भनाई उद्धृत गर्दै एक नेताले बताए ।