Butwal Today

बिहारमा हुने विधानसभा चुनावका कारण नेपाल-भारत सीमामा कडाइ

१८ कार्तिक २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, १८ कार्तिक ।

भारतको बिहार राज्यमा २० कात्तिक (नोभेम्बर ६) देखि हुन गइरहेको विधानसभा चुनावका क्रममा नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)  र सशस्त्र प्रहरी बल (सशस्त्र प्रहरी)  बीचको समन्वयमा अवाञ्छित गतिविधि रोक्ने उद्देश्यले सीमा क्षेत्रमा चेकजाँच कडाइ गरिएको हो । सशस्त्र प्रहरी बल, मधेश प्रदेशका डीआइजी कृष्ण ढकालका अनुसार, “बिहारको विधानसभा चुनावलाई ध्यानमा राख्दै एसएसबीसँग समन्वय गर्दै सीमामा सुरक्षा कडाइ गरिएको छ ।”

चुनावलाई लिएर ७२ घण्टा अगाडि सीमालाई भारतीय सीमा सुरक्षा बल एसएसबीले सिल गर्ने जानकारी प्राप्त भएको डीआइजी ढकालले बताए ।