Butwal Today

गगन थापाको अनुपस्थितिले रोकियो कांग्रेस केन्द्रीय समिति बैठक

१८ कार्तिक २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको दिउँसो एक बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन ।

एक नेताका अनुसार बैठक सुरु हुन नसर्नुमा महामन्त्री गगन थापा बैठकस्थल सानेपामा उपस्थित नभएको कारण रहेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरू भने बैठकस्थलमा पुगिसकेका छन् ।

कांग्रेसभित्र हाल महाधिवेशनको मिति तोक्ने विषयमा विवाद चुलिएको छ । महामन्त्री थापाले आगामी मंसिर २७ देखि २९ गतेसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका तयार पारेका छन्, तर उक्त प्रस्ताव केन्द्रीय कार्यसमितिको बैठकमा अझै पेस गर्न सकेका छैनन् ।

संस्थापन पक्षले भने आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनपछि मात्र नियमित महाधिवेशन गर्नुपर्ने अडान लिँदै आएको छ ।