Butwal Today

भैरहवाको होटलमा गोली चल्यो

१८ कार्तिक २०८२, मंगलवार
अ+
अ-

भैरहवा, १८ कार्तिक ।

रुपन्देहीको भैरहवामा रहेको  निर्वाणा लक्जरी इन्टरनेसनल परिसरमा सोमबार मध्यरातमा गोली चलेको हो ।

गोली लागेर होटलका सुरक्षा गार्ड २७ वर्षीय मीनबहादुर परियार घाइते भएका छन्  । उनको तिघ्रामा गोली लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुरज कार्कीले  बताए । राति दुई समूहबिच झगडा हुँदा गोली चलेको उनले जानकारी दिए । घटना लगत्तै प्रहरी पुगे पनि गोलीको खोका फेला नपरेको प्रहरीको भनाइ छ ।

घाइते परियार बुटवल उपमहानगरपालिका–१५ का बासिन्दा हुन ।  प्रहरीका अनुसार घाइते परियारलाई राति उपचारका लागि भैरहवास्थित भीम अस्पतालमा लगिएको थियो भने अहिले उपचारपछि डिस्चार्ज भएका छन् ।