ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती

सुनवल औद्योगिक ग्राम निर्माण स्थल बन्यो चरन  !

आव २०७७/०७८ मा डिपिआर बनेपछि सङ्घीय सरकारले १ करोड ४३ लाख ६० हजार अनुदान पठाएपछि केही काम भएको योजना शाखाका प्रमुख पुरुषोत्तम ढकालले जानकारी दिए । उनका अनुसार नगरपालिकाको तर्फबाट पनि १४ लाख ५५ हजार लगानी भएको छ । तर अहिले औद्योगिक ग्राममा चरीचरन बनेको छ ।
१८ कार्तिक २०८२, मंगलवार
१८ कार्तिक २०८२, मंगलवार

नवलपरासी, १८ कार्तिक ।

जनप्रतिनिधिले औद्योगिक ग्रामको काममा चासो नलिँदा सुनवल औद्योगिक ग्राम चरन क्षेत्र बनेको छ । यस अघिका जनप्रतिनिधिहरूले सुनवलमा औद्योगिक ग्राम बनाउने लक्ष्य लिई विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गराई काम थालेको ।

तर लगत्तै २०७९ सालको स्थानीय निर्वाचन पश्चात् फेरिएका जनप्रतिनिधिले त्यसको स्वामित्व लिई काम अगाडि नबढाएपछि औद्योगिक ग्रामको काम अलपत्र भएको स्थानीयको आरोप छ ।

जिल्ला मै पहिलो सुनवल औद्योगिक ग्राम बनाउने भनेर तत्कालीन नगरप्रमुख सहित जनप्रतिनिधिहरूको औद्योगिक ग्राम बनाउने तर्फ चासो देखिए पनि अहिलेका जनप्रतिनिधिले चासो नलिएको आरोप छ ।

काम अगाडि नबढ्दा करोड बढी लगानी भएको औद्योगिक ग्राम अलपत्र परेको एक स्थानीयले देखाए । अहिले औद्योगिक क्षेत्रको लगानी बालुवामा पानी जस्तै भएको छ, उनले भने, सडक पूर्वाधार औद्योगिक क्षेत्रमा पुगिसकेको छ ।

विद्युत् लाइन पनि विस्तार भइसकेको छ । पर्खाल, प्रवेशद्वारा र जाली तारले घेरिएको छ । तीन वर्ष देखि ती औद्योगिक ग्राम क्षेत्रमा कुनै काम भएको छैन । त्यसमा नत नगरपालिकाको चासो देखिन्छ, नत उद्योगी व्यवसायीहरूकै चासो देखिन्छ ।

औद्योगिक ग्रामलाई पूर्णता दिँदै सो क्षेत्रमा उद्योग स्थापनाका लागि नगरपालिकाले प्रोत्साहित गरेको भए उद्योगहरू स्थापना हुने थियो । तर नयाँ जनप्रतिनिधिले त्यसमा स्वामित्व नै लिएन, उनको आरोप थियो, राजनीति गर्ने जनप्रतिनिधिले कम्तीमा उत्तराधिकारको सिद्धान्त त जान्नु पर्छ ।

ब्यक्तिगत कुनै ब्यक्ति कसैलाई मन नपर्न सक्छ, तर त्यसमा राजस्व अर्थात् जनताको लगानी लागेको छ, उनले आक्रोश समेत पोखे । करोड बढी लगानी प्रति बेवास्ता देखियो, अघिल्लो जनप्रतिनिधिले बनाएका भवनमा बस्न हुने तर तिनैले सुरु गरेका औद्योगिक ग्राम तर्फ चासो देखाएका छैनन् ।

औद्योगिक ग्राम बनाउनका लागि २५ करोड ६५ लाख ५७ हजार २ सय ५८ रुपियाँ लागतको डिपिआर तयार गरिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा नै सो डिपिआर बनाए पश्चात् सङ्घीय सरकारले १ करोड ४३ लाख ६० हजार अनुदान पठाएपश्चात् काम भएको योजना शाखाका प्रमुख पुरुषोत्तम ढकालले जानकारी गराए ।

उनका अनुसार नगरपालिकाको तर्फबाट पनि १४ लाख ५५ हजार लगानी भएको देखिन्छ । अहिले औद्योगिक ग्राममा कुनै पनि काम नभएको उनले बताएका थिए ।  औद्योगिक ग्राम क्षेत्रमा कम्तीमा काष्ठकला फर्निचर, डुङ्गाकै निर्माण सामग्री उद्योग, महिलाहरू लक्षित बनजंगलको स्रोतमा आधारित उद्योगलाई पनि त्यहाँ प्रोत्साहन गर्दा पनि सञ्चालनमा ल्याउन सक्ने सम्भावना देखिन्छ ।

सुनवल चोकदेखि महलपोखरी तथा हिलपार्क जाने क्षेत्रसँगै नै उक्त औद्योगिक ग्राम जोडिएको देखिन्छ । यदि सो औद्योगिक क्षेत्रमा उद्योगहरू सञ्चालनमा ल्याउन सके पर्यटकीय क्षेत्रमा आउने पर्यटकले समेत त्यहाँ अध्ययन अवलोकन गर्न पाउने थिए ।

तर औद्योगिक ग्राम पूर्णतः उपेक्षित भएको गुनासो औद्योगिक वरिपरि रहेका स्थानीयहरूले दुखेसो पोखेका थिए । औद्योगिक क्षेत्रलाई चलायमान बनाउन सकेको भए रोजगारीको सृजना समेत हुने उनीहरूको भनाई थियो । नगरपालिकालाई पनि राजस्व उठाउने आधार हुन्थ्यो ।

सरकारले गरेको लगानीको पनि सदुपयोग हुने थियो । तर अहिले औद्योगिक क्षेत्र प्राथमिकतामा नपर्दा भएका लगानी पनि बालुवामा पानी भएको छ । यता औद्योगिक क्षेत्रमा उद्योग लगाउनका लागि पटक पटक सूचना प्रकाशित गरेको भए पनि कोही पनि सो क्षेत्रमा उद्योग लगाउन नआएको योजना प्रमुख समेत रहेका नगरपालिकाका उपमेयर सूर्य दुबेले बताए ।

यदि अहिले पनि कोही औद्योगिक क्षेत्रमा उद्योग सञ्चालन गर्न चाहन्छ, भने नगरपालिका सम्झौता गरेर दिन तयार रहेको उनको दाबी थियो ।
कोभिड १९ अगाडी मुलुकमा आर्थिक चलायमान थियो, उनले भने, त्यो बेला सुनवलमा पनि आर्थिक गतिविधि भई रहेका थिए ।

त्यो बेलाका जनप्रतिनिधिलाई सो बेलाको अवस्था हेरेर औद्योगिक ग्राम बनाउने लक्ष्य लिएर काम गरे, तर अहिले परिस्थिति फेरिएको छ । कोभिड १९ पछि आर्थिक गतिविधि कमजोर बन्दै गएको छ । औद्योगिक ग्राम बन्ने स्थान वातावरणीय हिसाबले सुनवल वार्ड नै ४ स्थित चार घरे क्षेत्र, तुरिया खोला किनारमा बनाउन लगाइएको थियो ।

तर अहिले उद्योग व्यवसाय गर्ने पूर्वपश्चिम राजमार्ग क्षेत्र नै रोजाइमा परेको देखिन्छ । त्यो भएर पनि नगरपालिकाले औद्योगिक क्षेत्रमा लगानी गर्न सकेको छैन । सङ्घीय सरकारबाट पनि चासो लिइने काम कमजोर भयो । स्थानीय उद्योगी व्यवसायीले पनि चासो देखाएनन्,उनले थपे, औद्योगिक ग्रामको क्षेत्र अहिले पनि सुरक्षित नै छ ।

मुलुकको आर्थिक अवस्थामा सुधार आए सुनवलमा पनि आर्थिक चलायमानको अवस्थामा वृद्धि भएमा उद्योग व्यवसायी औद्योगिक ग्राममा उद्योग लगाउन तयार हुने देखिएमा लगानी गरेर औद्योगिक ग्राम बनाउने उनले आश्वस्त परेका थिए ।

सुनवल पछि अहिले बर्दघाटमा पनि औद्योगिक ग्रामको काम अलपत्र नै रहने गरेको देख्दा औद्योगिक ग्रामको असफल अभ्यास साबित हुनेमा कुनै दुबिधा छैन । सरकारी लगानी र उद्योगी व्यवसायीको चाहना मिल्न नसकेको देखिन्छ । पछिल्लो दोस्रो कार्यकालका खजुरा खोला कटनाको जोखिममा रहेको जिल्लाका बर्दघाट नगरपालिकाको अगाडी बढाएको औद्योगिक ग्रामका काम अलपत्र परेका छन् ।

सम्भाव्यता विना नै खोला किनारमा औद्योगिक ग्राम बनाउने कार्य अहिले अलपत्र जस्तै देखिएको स्थानीयले बताए । सरकारले बजेट र योजनामा गम्भीर नबन्दा सरकारी बजेट यत्तिकै खेरा जाने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?