© २०२३
अर्घाखाँची, १७ कार्तिक ।
अर्घाखाँचीको पाणिनि गाउँपालिका ३ बरकारुख र त्रिवेणी खोला सडकको बिच कजवेमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
अर्घाखाँची जिल्ला अस्पतालका अनुसार २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पाणिनि९४ पटौटीका अन्दाजी २४ वर्षीय सागर वि।क। र १८ वर्षीय गौतम वि।क। रहेका छन् । घाइते चतुर घर्तीलाई थप उपचारका लागि पाल्पा पठाइएको छ ।
रोकिरहेको ट्याक्टरमा ठोकिएर अनियन्त्रित दुर्घटना भएको थियो । मोटरसाइकलमा ३ जना सबार थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।