© २०२३
काठमान्डौ, १७ कार्तिक ।
सोमबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनकै स्तरमा स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सामान्य उतार–चढाव भए पनि त्यसको प्रभाव घरेलु बजारमा खासै नपरेको महासंघले जनाएको छ । चार दिनको अवधिमा भने सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले वृद्धि भएको छ । गत बिहीबार सुन प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च स्तरमा पुग्दै प्रतितोला २ लाख ५८ हजार रुपैयाँको रेकर्ड कायम भएको थियो ।
चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६० रुपैयाँमा पुगेको छ । चाँदीको मूल्य पनि असोज ३१ गते प्रतितोला ३ हजार ३५० रुपैयाँ पुग्दै हालसम्मकै उच्च रेकर्ड बनाएको थियो ।