© 2026
काठमाडौं, १६ कात्तिक ।
नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपाको मूल गेटमा युवा कार्यकर्ताहरूले तालाबन्दी गरेका छन् ।आइतबार दिउँसो युवा कार्यकर्ताहरूले पार्टीको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दै महाधिवेशनमा युवा प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका हुन् ।
पार्टी लामो समयदेखि अनिर्णयको बन्दी बनेको भन्दै छिटो निर्णय गर्न दबाब दिनका लागि युवाहरूले तालाबन्दीपछि प्रदर्शन समेत गरेका छन् ।
उनीहरूले युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न, नेपाली कांग्रेस र हरेक तहको निर्वाचनमा ४० वर्षमुनिका कम्तीमा ४० प्रतिशत युवाको समावेश गर्न माग गरेका छन् ।युवाहरूले आफ्नो आवाजलाई नजरअन्दाज नगर्न चेतावनी समेत दिएका छन् ।