© २०२३
गुल्मी,१६ कार्तिक ।
सवारी दुर्घटनाको प्रमुख कारण चालकको लापरबाही र मादक पदार्थ सेवनकै कारण हुने गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुका अनुसार सवारी दुर्घटनाको प्रमुख कारणहरू मध्ये चालकको लापरबाही र मादक पदार्थ सेवनकै कारण हुने गरेको छ । साँझ ६ बजेपछि हुने प्राय सडक दुर्घटनाहरू तीव्र गति र मादक पदार्थ सेवनकै कारण हुने गरेको छ ।
दसैँ तिहारको अवधिमा जिल्लामा ५९ वटा सवारी दुर्घटना भएका छन् । त्यी मध्ये अधिकांश दुर्घटनाको मुख्य कारण नै चालकको लापरबाही र मादक पदार्थको सेवनका कारण भएको सारुले बताए । यसबाहेक प्राविधिक, मानवीय र सडकको अवस्थाका साथै मौसमका कारण पनि सवारी दुर्घटना हुने गरेका छन् ।
५९ सवारी दुर्घटना मध्ये जिप छ ,अटो दुई, स्कुटर दुई,विद्युतीय इभी गाडी छ,मोटरसाइकल २६, ट्याक्टर तीन, बोलेरो जिप छ, एम्बुलेन्स एक, कार तीन, टिप्पर एक, बस दुई, ट्रक गरी ५९ वटा सवारी साधन दुर्घटना भएका छन् । सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने ५० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सवारी दुर्घटना कम गर्नका लागि सचेतनामूलक कार्यहरू गर्दै आएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । यसका साथै ट्राफिक नियमको पालना नगर्ने सवारी चालकलाई कारबाही पनि गर्दै आएको कार्यालयले जनाएको छ ।