ट्रेंडिंग:

>> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा

लुम्बिनीमा महले बजार पायो मूल्य पाएन

किसानले उत्पादन गरेको मह ‘स्टकमा छैन’ तर बजार मूल्य भन्दा आधा मूल्यमा उनीहरूले बेच्नुपर्ने बाध्यता रहेको बताउँछन् । किसानले न्यूनतम ४ सयदेखि अधिकतम ४५० र ५०० रुपैयाँ मूल्य प्रतिकिलो मात्रै पाउने गरेका छन् । तर बजारमा भने महको मूल्य चरन क्षेत्र वा महको प्रकार अनुसार प्रतिकिलो ८ सय रुपैयाँ देखि १ हजार रुपैयाँ पर्ने गरेको छ ।
१६ कार्तिक २०८२, आइतबार
१६ कार्तिक २०८२, आइतबार

बुटवल, १६ कार्तिक । 

लुम्बिनी प्रदेशमा हाल ७ सय भन्दा बढी मह उत्पादक किसान छन् । उनीहरूले वर्षमा १५ हजार मेट्रिक टन भन्दा बढी मह उत्पादन गरी बिक्री वितरण गर्दै आएका छन् । अघिल्ला वर्षहरूमा किसानले उत्पादन गरेको महले बजार पाएको थिएन ।

बजारमा भारत लगायत विभिन्न अन्य देशबाट आयात गरिएको महले बजार पाउँदा किसानले उत्पादन गरेको मह ‘स्टक’ रहेको थियो । तर यो वर्ष भने किसानलाई मह बिक्रीको चिन्ता छैन ।

लुम्बिनी प्रदेश मौरी पालक किसान सङ्घका अध्यक्ष रामहरि शर्माका अनुसार यो वर्ष किसानले उत्पादन गरेको मह स्टकमा छैन अर्थात् सबै बिक्री भैसकेको छ । अघिल्लो वर्षको सिजनमा उत्पादन भएको मह अघिल्ला वर्षहरूमा भने किसानले नबिकेर राख्नुपर्ने अवस्था रहेको थियो ।

मौरी पालक किसान सङ्घका अध्यक्ष शर्माका अनुसार गत वर्ष देखि हाल सम्म प्रदेश सरकारले समेत किसानको मह बजारीकरणको लागि समेत साथ दिएको कारण पनि बजारीकरणमा समस्या नभएको हो ।

उनी भन्छन्–‘यो वर्ष तोरी फुल्ने सिजन अब सुरु हुन्छ, तर हामी किसान सँग अहिले मह स्टकमा छैन, केही व्यवसायीहरू सँग छ, होला किसानको उत्पादन बजारीकरणमा सहज भएको छ ।’

किसानले उत्पादन गरेको महलाई व्यवसायीहरूले प्रशोधन, लेवलिङ्ग र प्याकेजिङ्गको लागि होलसेल मूल्यमा खरिद गरेर लैजाने गरेको पाइन्छ । सरकारी तथ्याङ्क अनुसार प्रदेशमा १० हजार मेट्रिक टन मह उत्पादन हुँदै आएको छ तर किसानको सङ्घले भने करिब १५ हजार मेट्रिक टन मह उत्पादन हुँदै आएको जनाएको छ ।

यसरी किसानले उत्पादन गरेका मह प्रत्यक्ष रूपमा आफै बिक्री गर्न भने पाउँदैनन्, मह संवेदनशील उत्पादन भएको कारण पनि किसानले प्रशोधन, लेवलिङ्ग र प्याकेजिङ्गका लागि होलसेल मूल्यमा व्यवसायीलाई दिँदै आएका छन् ।

जसको कारण करिब आधा मूल्य मात्रै किसानले पाउने गरेका हुन । मौरी पालक किसान सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष शर्माका अनुसार सरकारले किसानको फार्म गेट मूल्य निर्धारण गर्नुपर्ने बताउँछन् ।

उनी भन्छन्–‘सरकारले नै किसानबाट व्यवसायीले खरिद गर्ने महको मूल्यको विषयमा यकिन गरेर मूल्य निर्धारण गर्नुपर्ने अहिलेको आवश्यकता रहेको छ ।’ किसानको उत्पादन बिक्री भएको तर मूल्य भने नपाएको उनको गुनासो रहेको छ ।

अहिले किसानले महको मौरी रस अनुसार न्यूनतम ४ सय देखि अधिकतम ४५० र ५०० रुपैयाँ मूल्य प्रतिकिलो मात्रै पाउने गरेका छन् । तर बजारमा भने महको चरन क्षेत्र वा महको प्रकार अनुसार ८ सय रुपैयाँ देखि १ हजार रुपैयाँ पर्ने गरेको छ ।

व्यवसायीहरूले किसान खरिद गरेको महमा प्रतिकिलो ४ देखि ५ सम्म नाफा खाने गरेको किसानको गुनासो छ ।  यसको लागि सरकारले नै किसानबाट महको मूल्य तोक्नुपर्ने किसानको माग रहेको छ । तर कतिपय किसानले भने आफै नै महको बजारीकरण गर्दै आएका छन् ।

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मह उत्पादन हुने जिल्लामा दाङ अगाडी छ । दाङ जिल्ला अग्रस्थानमा रहेको छ तत्पश्चात् बाँके, रुपन्देही, कपिलवस्तु र प्युठान जिल्ला रहेका लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालय बुटवलका वरिष्ठ बाली संरक्षण अधिकृत मिलन गैरे बताउँछन् ।

उनका अनुसार प्रदेशमा किसानको मह उत्पादन र बजारीकरणको लागि निर्देशनालयले सहयोग समेत गर्दै आएको छ । मह सम्बन्धी, मौरी सम्बन्धी कार्यक्रम सहित उत्पादित मह बजारीकरणको लागि आउटलेटमा समेत सहयोग गर्दै आएको अधिकृत गैरेको भनाई छ ।

बुटवलमा हाटबजारमा रहेको मह उत्पादक किसान सङ्घ र निर्देशनालयको सहकार्यमा मह र मौरी जन्य बस्तु बिक्री वितरणको लागि आउटलेट (बिक्री कक्ष) समेत सञ्चालन गरिएको छ । प्रदेशमा हाल मह किसानले वार्षिक रूपमा ७५ लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्दै आएका छन् ।

व्यवसायीहरूले किसानबाट सङ्कलित महलाई बजारीकरणको लागि प्रशोधन, लेवलिङ्ग, प्याकेजिङ्ग गरेर आधा मूल्य बढीमा बजारीकरण गर्दै आएका हुन ।

आर्थिक वर्ष २०८२/८२ मा पनि प्रदेश सरकारले मह बिक्री केन्द्र सञ्चालनमा सहयोगका लागि र महको गुणस्तर परीक्षणका लागि समेत बजेट विनियोजन गरी कार्यक्रम अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?