© २०२३
काठमान्डौ, १५ कार्तिक ।
नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालका वामपन्थीहरू फुटेपछि मात्रै एकताको आवश्यकता सम्झिने प्रवृत्तिबाट अभिशप्त रहेको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा व्यक्त गर्दै बास्कोटाले वामपन्थी आन्दोलनभित्र ‘मिसिने तर नमिल्ने’ स्वभाव गहिरिँदै गएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, “फुटेपछि एकताको आवश्यकता सम्झनु वाहियात हो, तर नेपालका वामपन्थी त्यही प्रवृत्तिबाट अभिशप्त छन् — हिन्द र प्रशान्त महासागरझैं, मिसिने तर नमिल्ने ।”
नेता बास्कोटाले वामपन्थीहरूबीच देखिने विभाजनका कारण पनि व्याख्या गरेका छन् । उनका शब्दमा, “कारण—गहिराइको चाप र नेतृत्वको राप ।”
उनी थप लेख्छन्, “फुटभन्दा जुट राम्रो, तर ढोक्सामा परेको माछी नहुनु — अर्कोले तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुने ।’