© २०२३
बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेकोमा गएरातिदेखि सो प्रभाव क्रमशः कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।
कोशी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा सामान्यदेखि अधिकांश बदली अवस्था रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा सामान्यतया बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै, कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा र बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना छ ।
राति कोशी र मधेस प्रदेश सामान्यतया बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।