© 2026
काठमान्डौ, १४ कार्तिक ।
नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुइन खोलामा ढुंगा झर्ने क्रम रोकिएपछि सडक आवागमन पुनः सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
अविरल वर्षातका कारण शुक्रबार बिहानदेखि तुइन खोलाको पुल नजिक माथिबाट ढुंगा खस्दा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको थियो ।
सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार अहिले ढुंगा झर्ने क्रम रोकिएपछि मेशिनको प्रयोग गरी पहिरो हटाउने कार्य जारी रहेको छ । ‘पुलनजिकै माथिबाट ढुंगाहरू झर्दा सवारी आवागमन अवरुद्ध भएको सडक अहिले सञ्चालनमा आएको छ । ढुंगाहरू झर्ने क्रम रोकिएकोले मेशिनको प्रयोग गरी पहिरो हटाउने कार्य भइरहेको छ । वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण सबैलाई हार्दिक अनुरोध गरिन्छ,’ सडक सुपरभाइजर ईश्वर क्षेत्रीले भनेका छन् ।
सडक डिभिजनले उक्त सडक खण्डमा सतर्कता अपनाउन चालक र यात्रु दुवैलाई आग्रह गरेको छ ।