Butwal Today

खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्ने आदेश

१३ कार्तिक २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

विद्युतीय कारोबारसम्बन्धी मुद्दामा दलित अभियन्ता खगेन्द्र सुनारलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ ।

काभ्रेपलान्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार सुनारलाई ५० हजार धरौटी लिएर छाड्न आदेश दिएका हुन् ।

अधिवक्ता मनिषा गौतमको जाहेरीमा विद्युतीय कारोबारसम्बन्धी मुद्दाका फरार प्रतिवादी सुनार विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

सुनारलाई काभ्रे अदालतले ५ साउनमा दैलेख प्रहरीले पक्राउ गर्न अनुमति सहित पक्राउ पुर्जी जारी गरेको थियो ।

गौतमले सामाजिक सञ्जालमा सुनारले गरेको गालीगलौजको स्क्रिनसट प्रमाण पेश गर्दै विद्युतीय अपराधको मुद्दा दायर गरेकी थिइन् ।