Butwal Today

यूएईविरुद्ध कप्तान रोहितको शतक

१३ कार्तिक २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालका कप्तान रोहित पौडेलले सतक पूरा गरेका छन्।

उनले ४७ औँ ओभरमा सतक पूरा गरेका हुन्। रोहितले १२६ बलमा १०० रन बनाउँदा ५ चौका र एक छक्का प्रहार गरे।

एकदीवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो दोस्रो सतक हो। एक दिवशीय क्रिकेटमा नेपालका तर्फबाट दूई सतक बनाउने रोहित एक मात्रै खेलाडी हुन्। यसअघि पपुवा न्युगिनीविरुद्ध १२६ रन बनाएका थिए। उनले यसअघि ११ अर्धसतक बनाएका छन्।

रोहित अहिले पनि क्रिजमा छन्। ४७ औँ ओभरको खेल सकिँदा नेपालले १०७ रन बनाएको छ। टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको हो।
दुवईमा जारी तीनदेश सम्मिलित सिरिज अन्तरगत यसअघि पहिलो खेलमा दुवै टोली अमेरिकासँग पराजित भएका छन्।

यी दुई टोली लिग २ को तालिकामा अन्तिममा छन्। १७ खेलबाट ६ अंक जोडेको यूएई अन्तिममा रहँदा समान खेलबाट १२ अंक जोडेको नेपाल एकस्थान माथि छ।  अब नेपालले शनिबार अमेरिकासँग र अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ।