ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

औषधिको मूल्यबारे भ्रम फैलिएको भन्दै आयातकर्ता संघको स्पष्टीकरण

१३ कार्तिक २०८२, बिहीबार
१३ कार्तिक २०८२, बिहीबार

काठमाडौँ, कार्तिक १३ ।

नेपालमा आयात गरिने औषधिहरूमा औषधि व्यवस्था विभागले जथाभावी मूल्यवृद्धि गरेको भन्ने समाचारहरू पछिल्ला दिनमा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत् फैलिन थालेपछि नेपाल औषधि आयातकर्ता संघले एक विज्ञप्ति जारी गरी त्यसप्रति आपत्ति जनाएको छ । संघले ती समाचारहरू “पूर्णतः भ्रमपूर्ण र तथ्यहीन” भएको दाबी गर्दै औषधिको मूल्य निर्धारण प्रक्रिया कानुनी र वैज्ञानिक मापदण्डअनुसार हुने स्पष्ट पारेको छ ।

संघका अनुसार हाल नेपालमा करिब ३५० वटा विदेशी औषधि कम्पनीका उत्पादनहरू १२५ जना आयातकर्तामार्फत आयात भई वितरण भइरहेका छन् । यी औषधिहरू विभागले तोकेको डोजेज तथा समूहका आधारमा मात्र सूचीकरण हुने र विश्व स्थास्थ्य संगठन–जिएमपी स्तरमा प्रमाणीकरण प्राप्त उद्योगबाट आएको औषधिलाई मात्र अनुमति दिइने गरिएको संघका अध्यक्ष पवनकुमार आचार्यद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संघले थप जनाएको छ कि औषधि दर्ता कार्यविधि–२०७३ र औषधि दर्ता नियमावली–२०३८ का प्रावधान अनुसार औषधिको अधिकतम खुद्रा मूल्य ९एमआरपी० समेत उल्लेख गरिएको डोजियर पेस गरेपछि मात्र विभागले औषधि दर्ता गर्ने गर्दछ । साथै, नेपाल सरकारले मिति २०७३ असार ३० गते गरेको निर्णयअनुसार कुनै पनि आयातित औषधिको मूल्य उत्पादन हुने देशमा स्वीकृत एमआरपी भन्दा बढी हुन नपाउने व्यवस्था रहेको संघले स्मरण गराएको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार, औषधि ऐन–२०३५ को दफा २६ अन्तर्गत नेपाल सरकारले हालसम्म ११७ प्रकारका औषधिहरूको अधिकतम खुद्रा मूल्य ९एमआरपी० तोकेको छ । तर ती औषधिहरूको मूल्य समायोजन गत दुई दशकदेखि नभएको संघले जनाएको छ । संघका अनुसार औषधिको कच्चा पदार्थ, प्याकिङ सामग्री, ढुवानी, जनशक्ति, प्रविधि र मुद्रास्फीति जस्ता कारणले मूल्यमा उतारचढाव आउन सक्छ, तर कुनै पनि अवस्थामा उत्पादक देशको स्वीकृत मूल्यभन्दा बढी मूल्य निर्धारण गर्न नपाइने कानुनी व्यवस्था रहेको स्पष्ट गरिएको छ ।

संघले सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई औषधि मूल्यसम्बन्धी संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्नु अघि नियामक निकाय, उत्पादक, आयातकर्ता तथा व्यवसायीहरूसँग यथार्थ बुझेर मात्रै समाचार प्रकाशन गर्न आग्रह गरेको छ । संघका अनुसार यथार्थबोध बिना गरिएको रिपोर्टिङका कारण जनमानसमा भ्रम सिर्जना हुने र औषधि क्षेत्रमा कार्यरत नियामक तथा व्यवसायीमाथि गलत धारणा उत्पन्न हुने जोखिम बढेको छ ।

संघले भनेको छ, “औषधि मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र हो। यस क्षेत्रमा कार्यरत सबै पक्षले तथ्यमा आधारित जानकारीलाई प्राथमिकता दिई जिम्मेवार पत्रकारिताको अभ्यास गर्न जरुरी छ ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?