Butwal Today

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल पड्काउँदै भिडियो बनाउने २ जना पक्राउ

१२ कार्तिक २०८२, बुधबार
अ+
अ-

काठमाडौं, १२ कात्तिक

 जेनजी आन्दोलनमा लुटिएको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाउने एक व्यक्तिसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका–६ घर भएका २३ वर्षीय समीर श्रेष्ठ र काभ्रेको पनौती नगरपालिका–१० का २३ वर्षीय एलेक्स नेपाली छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरूबाट लुटिएको पेस्तोल, म्याग्जिन र १२ राउण्ड गोली बरामद भएको छ । पक्राउ परेकामध्ये समीरले जेनजी आन्दोलनमा लुटिएको पेस्तोलबाट गोली चलाएको भिडियो बनाएका थिए ।

भिडियोमा उनले कुनै घरको छतमा बसेर चुरोट तान्दै पेस्तोल चलाएको देखिन्छ । यसरी गोली चलाउने समीर पहिले पनि कसुरदार रहेको खुलेको छ । उनलाई यसअघि प्रहरी वृत्त सोहैखुट्टेले पक्राउ गरेको थियो । गत भदौ ६ गते पक्राउ परेका उनलाई अभद्र व्यवहारको कसुरमा मुद्दा चलिरहेको थियो ।