© 2026
काठमाडौं, १२ कात्तिक ।
गत भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी भएको छ ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध परेको रिटमा बुधबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।
साथै, विपक्षीलाई छलपलमा झिकाउने आदेश पनि जारी गरिएको छ ।
अधिवक्ता ढकालले रिटमा कार्की र शर्मामाथि जाँचबुझको विषयवस्तुवारे सार्वजनिक धारणा र दृष्टिकोण प्रस्तुत गरेर पूर्वाग्रही भएको आरोप लगाएका थिए । उनले अन्तरिम आदेशमार्फत पदाधिकारीहरूलाई काम गर्न रोक लगाउनुपर्ने माग समेत गरेका थिए ।
रिट निवेदनमा उल्लेख छ कि जाँचबुझ आयोगका पदाधिकारीहरूले न्यायिक मन प्रयोग गर्नुपर्ने भए पनि घटनाका बारेमा पहिले नै धारणा सार्वजनिक गरिसकेकाले उनीहरूबाट पूर्वाग्रहीरहित रूपमा काम हुन नसक्ने अवस्था देखिएको छ ।