© 2026
काठमान्डौ, ११ कार्तिक ।
राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले मंगलबारदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार सचिव अर्यालको राजीनामा पत्र कार्यालयमा पुगिसकेको छ । कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै, “संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५” को दफा ६ (खण्ड ‘क’) बमोजिम कात्तिक ११ गतेदेखि लागू हुनेगरी उनको राजीनामा स्वीकृत गरिएको जनाएको छ ।
