Butwal Today

स्वागत नेपालसँग प्रहरीले लियो ६ घण्टा लामो बयान

१० कार्तिक २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, १० कार्तिक ।

अधिवक्ता स्वागत नेपालसँग प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीले आइतबार करिब ६ घण्टा लामो बयान लिएको छ ।

ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार नेपाल आइतबार भोटाहिटीस्थित कार्यालयमा पुगेका थिए र करिब साढे पाँच–छ घण्टा सोधपुछ गरिएको थियो ।

उनका अनुसार, आज (सोमबार) बिदा भएकाले मंगलबार थप सोधपुछ हुने तयारी छ । नेपाल पनि मंगलबार उपस्थित हुने तयारीमा बाहिरिएका थिए ।

नेपालमाथि साइबर अपराधको आरोप लागेको छ, तर प्रहरीले उजुरीको प्रकृति सम्बन्धमा कुनै विवरण सार्वजनिक गरेको छैन ।

अधिवक्ता नेपालले भने प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध प्रश्न उठाएको विषयलाई लिएर साइबर मुद्दा लगाइएको दाबी गरेका छन् ।