Butwal Today

अन्डाको भाउ फेरि बढ्यो, होलसेल मूल्य प्रतिक्रेट ५ सय

१० कार्तिक २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, १० कार्तिक ।

नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागू हुने गरी अन्डाको भाउ बढाएको छ । उत्पादन घटेको र खपत बढेको कारण संघले मूल्यवृद्धि गरेको जनाएको छ ।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार ठूलो अन्डाको मूल्य प्रति क्रेट ५ सय रुपैयाँ र मध्यम अन्डाको ४५० रुपैयाँ पुगेको छ । अघिल्लो दरको तुलनामा प्रति क्रेट ५० रुपैयाँले भाउ बढाइएको उनले बताए । मूल्य निर्धारण चितवन क्षेत्रमा आधारित भएको जानकारी पनि उनले दिए ।

उपभोक्ताका लागि एउटा अन्डाको खुद्रा मूल्य भने २२ रुपैयाँकै हाराहारीमा रहेको र उपभोक्ता मूल्यमा त्यति ठूलो फरक नआउने उनको दाबी छ ।

उउत्पादकले होसलसेल ९थोक० मा बेच्ने भाउ बढाएपछि होलसेलरले व्यापारीलाई नै महँगोमा अन्डा बेच्छन् । यसो हुँदा उपभोक्ताले महँगोमा अन्डा किन्नुपर्ने हुन्छ ।