Butwal Today

मैत्रीपूर्ण फुटबल खेलमा नेपाली महिला टोलीले आज भारतसँग खेल्दै

१० कार्तिक २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, १० कार्तिक ।

त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालको महिला टोलीले आफ्नो दोस्रो तथा अन्तिम खेल भारतसँग आज खेल्ने भएको छ ।

खेल शिलोङस्थित जवाहरलाल नेहरू रंगशालामा साँझ सवा ६ बजे सुरु हुनेछ । नेपाली टोलीले प्रतियोगिताको पहिलो खेलमा गएको शुक्रवार ईरानसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

यो प्रतियोगितापछि कात्तिक १३ गते बिहीबार नेपाल र भारतबीच अर्को मैत्रीपूर्ण खेल आयोजना हुने भएको छ ।