Butwal Today

देउवा आज सिंगापुर जाँदै

१० कार्तिक २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, १० कार्तिक ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज राति सिंगापुर प्रस्थान गर्दैछन् । पार्टी स्रोतका अनुसार उनी पत्नि आरजु राणासहित राति ९ बजे थप उपचारका लागि सिंगापुर जाने तयारीमा छन् ।

जेन–जी आन्दोलनको दोस्रो दिन, भदौ २४ गते, बूढानीलकण्ठस्थित देउवा निवासमा आक्रमण भएपछि देउवा दम्पती घाइते भएका थिए । सुरक्षाकर्मीहरूले तत्काल उद्धार गरी दुवैलाई सैनिक अस्पताल, छाउनीमा भर्ना गरेका थिए । चिकित्सकका अनुसार देउवाको टाउकोमा १२ वटा टाँका लागेको थियो ।

घटनापछि लामो समय सार्वजनिक रूपमा नदेखिएका देउवा असोज २८ गते मात्र पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएका थिए । त्यही अवसरमा उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका थिए ।