ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

‘न्यूनतम पारिश्रमिक’ लागू गरिएकोले वार्ताबाट समाधान खोजौँ’

१० कार्तिक २०८२, सोमबार
१० कार्तिक २०८२, सोमबार

बुटवल, १० कार्तिक ।

भैरहवामा रहेको यु.सी.यम.यस., शिक्षण अस्पताल कार्यरत नर्सिङ कर्मचारीहरूले अस्पताल प्रशासन समक्ष ‘अकस्मात् रूपमा’ विभिन्न मागहरू राखी यही आन्दोलन गरेपछि प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ ।

मिति २०८२ कार्तिक २ गते आइतबार कुनै सुनुवाइ गर्ने समय नै नदिई जारी आन्दोलनले यस अस्पतालका अत्यन्त संवेदनशील क्षेत्र आकस्मिक कक्ष, सघन उपचार कक्ष (आइ.सी.यु., सी.सी.यु., एस.आइ.सी.यु. इत्यादि) समेत सहज रूपमा सञ्चालन हुन सकेको छैन ।

केही समय पहिला अदालतबाट अस्पताल सञ्चालन सम्बन्धमा भएका निर्णय तथा नजिर, नेपाल सरकारद्वारा मिति २०७८ मङ्सिर २७ गते राजपत्रमा प्रकाशित अस्पताल जस्तो ‘आवश्यक सेवामा हडताल गर्न निषेध’ गरिएको सूचना, अहिलेको विषयलाई सम्बोधन गर्न नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कार्यदल गठन’ समेत गरिसकेको अवस्था र छाता सङ्गठन नेपाल नर्सिङ सङ्घद्वारा ‘घोषित आन्दोलनका कार्यक्रम तालिका’ विपरीत हुने गरी अस्पतालका सेवाहरू पुर्णरूपमा प्रभावित हुँदा बिरामीहरूको उपचार तथा बाँच्ने पाउने अधिकार समेत कुण्ठित भएकोमा अस्पताल प्रशासनको गम्भीर ध्यानाकर्षण भएको अस्पताल प्रशासनले जनाएको हो ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पिएसद्वारा जारी विज्ञप्ति अनुसार नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट निर्धारण गरेको ‘न्यूनतम पारिश्रमिक’ समेत यस संस्थाले यही मिति २०८२ श्रावण १ गतेदेखि लागू गरिसकेको अवस्था, समस्यालाई नजिकबाट विश्लेषण गर्दै आएको छ ।

अस्पताल प्रशासनले वार्ताको माध्यमबाट विभिन्न चरणहरूमा औपचारिक तथा अनौपचारिक संवाद समेत जारी राखेको, रुपन्देहीका प्रजिअ (सिडिओ) को रोहवरमा छलफल समेत भइसकेको, सरकारद्वारा गठित कार्यदलको प्रतिवेदन मार्फत छिट्टै समाधान आउने आशा राख्दै आन्दोलनरत कर्मचारीहरूलाई यथाशीघ्र कार्यस्थलमा फर्की नियमित कार्यमा समर्पित हुन आव्हान गर्दछ गरेको विज्ञप्तिमा उल्लेख छ ।

वर्तमान परिवेशमा आन्दोलनका कारण कुनै पनि बिरामीलाई प्रतिकुल प्रभाव पर्न गएमा सोको जिम्मेवार तथा जबाफदेही आन्दोलनकारी पक्ष नै हुने समेत अस्पताल प्रशासनले जनाएको हो ।

बिरामीको उपचारलाई मध्यनजर गर्दै आकस्मिक सहित सघन उपचार, प्रसूति लगायत सबै सेवाहरू पुर्णरूपमा सञ्चालनमा ल्याउनको लागि आन्दोलनरत पक्षसँग अनुरोध समेत अस्पतालले गरेको छ ।

उठेका समस्यालाई वार्ताको माध्यमबाट समाधानका लागि आवश्यक ‘समन्वय तथा सहयोग’ गरिदिन हुन स्थानीय प्रशासन तथा सरोकारवाला सबैमा अस्पताल प्रशासन हार्दिक अपिल गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?