© 2026
काठमाडौं, ९ कात्तिक ।
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छिन् । शीतल निवासमा शपथग्रहण गरेपछि उनले मन्त्रालयमा आएर कार्यभार सम्हालेकी हुन् ।
उनको पहिलो निर्णयअनुसार आन्दोलनबाट प्रभावित घाइतेहरू सहित सबै व्यक्तिका लागि मनोपरामर्श सेवा स्थापना गरिने भएको छ ।
शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्री नियुक्त गरेका थिए ।