© २०२३
बुटवल, ८ कार्तिक ।
नेपाली खेलकुदमा ‘गोल्डेन गर्ल’ को नामले परिचित एथ्लेटिक्स सन्तोषी श्रेष्ठले आफनो नाममा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन । यसअघि कान्छिमाया कोजुको नाममा रहेको राष्ट्रिय कीर्तिमान तोड्दै चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिपमा उनले कांस्य समेत जितिन ।
भारतको झारखण्डमा महिला ५ हजार मिटर दौडमा उनले उक्त उपलब्धि हासिल गरेकी हुन । उनले निर्धारित दूरी १६ मिनेट ३६ः६२ सेकेन्डमा पूरा गर्दै कान्छिमायाको १५ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी हुन् । कान्छिमायाले सन् २०१० मा चीनको ग्यान्झाउमा भएको एसियन गेम्समा निर्धारित दूरी १६ मिनेट ४९ः९८ सेकेन्डमा पूरा गरेकी थिइन् ।
यस्तै, नेपालका मुकेश पालले पुरुष ५ हजार मिटर दौडमा कांस्य पदक जिते । उनले निर्धारित दूरी १५ मिनेट २५.५४ सेकेण्डमा दूरी पूरा गरे ।