ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

अस्पताल भवन निर्माणमा निर्माण व्यवसायीका एकपछि अर्को बहाना

३१ आश्विन २०८२, शुक्रबार
३१ आश्विन २०८२, शुक्रबार

गुल्मी ३१ असोज ।

गुल्मी अस्पतालको भवन निर्माणका लागि निर्माण व्यवसायीले बहाना मात्रै बनाउने गरेका छन् । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण दुई वर्षमा बन्नुपर्ने गुल्मी अस्पतालको भवन चार वर्षमा पनि बन्न सकेको छैन ।

विभिन्न समस्याहरु देखाउँदै आएका निर्माण ब्यवसायीले दसैँसम्म काम सक्ने बताउँदै आएका थिए । तर अहिले पनि उक्त भवन निर्माणको कार्यले गति लिन सकेको छैन् । २०७८ असार १८ गते सम्झौता भई काम सुरु भएको गुल्मी अस्पताल भवनको २०८० असार १७ गतेसम्म सम्पन्न गर्ने गरी साढे पाँच तलाको भवन २५ करोड ९५ लाख ६४ हजार २०३ रुपियाँको लागतमा स्वच्छन्द–बानिया जे.भी हेटौडा मकवानपुरले निर्माणको जिम्मा पाएको थियो ।

निर्माण ब्यवसायीका सव इन्जिनियर अरविन्द्र चौधरीका अनुसार हालसम्म भवन निर्माणको भौतिक प्रगति ९० प्रतिशत भन्दा केही बढी सम्पन्न भएको छ ।

भवनको अहिले पेन्टिङ ,वायरिङ,आल्मुनियम लगाउनेलगायतका काम भइरहेका छन् । पछिल्लो समयमा देशमा उत्पन्न जेन्जी आन्दोलन लगायतका कारण पनि कामले गति लिन नसक्नु र दसैँ तिहारजस्ता पर्वले कामदार घर जानेहुँदा पनि काममा सुस्तता आएको उनको भनाइ छ ।

गुल्मी अस्पतालमा रहेका भवनहरु साना र सेवाग्रही मैत्री नहुँदा समस्या हुँदै आएको छ । निर्माण ब्यवसायीको ढिलासुस्तीहुँदा पनि यहाँका सरोकारवाला निकाय मौन रहनु जिल्लाका लागि सुखद पक्ष नभएको सेवाग्राहीले बताउँदै आएका छन् । भवनलाई जतिसक्यो छिटो सम्पन्न गर्न नियमित खबदारी गर्दै आएको गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले बताए ।

गुल्मी अस्पतालको भवन छिटो सम्पन्न गर्नका लागि निर्माण ब्यवसायीलाई सरोकारवाहरुले आग्रह गर्दै आएको बताए पनि परिणाम भने देखिन सकेको छैन ।

गुल्मी अस्पताल तम्घास २०७१ सालमा ५० वेडमा स्तरवृद्धि भएको थियो, तर भौतिक संरचनाको अभावमा पूर्ण रुपमा कार्यन्वयनमा आउन सकेको छैन । भौतिक संरचनाको अभावका कारण सानो र साँघुरो भवनबाट सेवा प्रवाह गर्न समस्या भएको गुल्मी अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?