ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

सयपत्री तिहारलाई तयार

३१ आश्विन २०८२, शुक्रबार
३१ आश्विन २०८२, शुक्रबार

बुटवल, ३१ असोज ।

पाल्पाको तिनाउ गाउँपालिका–२ दोभान बगाहाकी रितु श्रेष्ठको खेतमा अघिल्लो वर्ष यति बेला धान काट्ने चटारो हुन्थ्यो ।

अहिले भने धान काट्ने चटारो छैन । कारण हो उनको खेतमा ढकमक्क सयपत्री फूल फुलिरहेका छन् । विभिन्न पूजाआजा तथा चाडमा उनको खेतसम्म फूल खोज्दै पुगिरहेका हुन्छन् ।

सामाजिक सञ्जाल मार्फत उत्पादन भएको सयपत्री फूलको प्रवर्द्धनमा लागेकी श्रेष्ठले अर्को वर्ष पनि सयपत्री खेतीलाई निरन्तरता दिने योजनामा छिन् । २ रोपनी क्षेत्रफलमा उनले सयपत्री खेती गरेकी छन् । जसबाट करिब १ लाख रुपैयाँ देखि १ लाख ३० हजार भन्दा बढी आम्दानी हुने उनको अपेक्षा छ ।

उनी भन्छिन्–‘धान फल्ने खेतमा यो वर्ष फूल खेती गरेकी हुँ, आशा छ, यसले राम्रै बजार पाउने छ ।’ एक सिजनमा करिब २५ देखि ३० हजार रुपैयाँको धान उत्पादन हुँदै आएकोमा त्यसको विकल्पमा एक सिजनबाट लाख भन्दा बढी आम्दानी गर्न सकिने भएको कारण पुष्प व्यवसायमा लागेको उनको तर्क छ । आफू पनि साना किसान सहकारीको कोषाध्यक्ष समेत भएको कारण सोही अनुसार खेतीमा अग्रसर भएको उनको भनाइ छ ।

आफै खेती गरेर अन्यलाई समेत सन्देश फैलाउनको लागि यो खेतीको सुरुवात गरिएको हो, उनी भन्छन्, –‘जसले अन्य किसानलाई समेत सन्देश जानेमा म ढुक्क छु ।’ तिनाउ–२ दोभान बगाहा गाउँमा यो भन्दा पनि खेतमा खाद्यान्न मात्रै खेती गर्दै आएका किसानहरूले यो वर्ष धान फल्ने खेतमा ढकमक्क सयपत्री फूलेपछि त्यसतर्फ आकर्षित समेत भएका छन् ।

उनी जस्तै विगत लामो समयदेखि सयपत्री, मखमली फूल सहित व्यावसायिक तरकारी फलफूल खेती गर्दै आएका बुटवल उपमहानगरपालिका वडा नम्बर–१५ चम्कीपुरका फोकस मल्टी एग्रो कन्र्सनका प्रबन्धक रोजेश कुँवरले पनि यो वर्ष ७ हजार भन्दा बढी फूलको माला बिक्री गर्ने योजना बनाएको बताउँछन् ।

अहिले दैनिक १५ देखि २० जना गाउँका महिलाहरूलाई फूलको माला बनाउने तालिम दिएर आंशिक रोजगारी समेत दिएको जानकारी दिँदै उनले यो वर्ष तिहारको लागि भारतीय फूल विस्थापित गर्ने योजना सहित लागेको जानकारी दिए ।

१० कट्ठा क्षेत्रफलमा व्यावसायिक सयपत्री खेती गरेका उनले धार्मिक, सामाजिक तथा सांस्कृतिक कार्यको लागि समेत अहिले फूल माला तयारी अवस्था रहेको बताए । उपभोक्ताबाट माग आएमा घरघरमा होम डेलिभरी समेत गर्ने तयारी गरिएको जानकारी दिए ।

बुटवल उपमहानगरपालिकाले पनि फूलको माला बिक्रीको लागि गत वर्ष जस्तै निश्चित स्थान तोक्ने गरी छलफल भएको भन्दै उनले यसलाई सकारात्मक रूपमा लिएको बताए । पछिल्लो ३ वर्ष यता फोकसको उत्पादन बुटवल ट्राफिक चौकमा उपलब्ध भए अनुसार सोही स्थानबाट स्टलमा बिक्री वितरण गरिने बताए ।

उनले फार्ममा आउने किसानले आफैले फूल टिपेर लैजाने मिल्ने पनि जानकारी दिए । बुटवल उपमहानगरपालिका कृषि शाखा प्रमुख सन्तोष जिसीका अनुसार बुटवल आसपासमा ५० देखि ६० हजार फुलका माला यो वर्ष उत्पादन यो हुने अपेक्षा लिएको जानकारी दिए ।

बुटवलमा चाहिएजतिको माला तयारी रहेको २० देखि २५ हजार फूल बुटवल क्षेत्रबाट नै उत्पादन भएको उनको भनाइ छ । पालिकाले पनि स्थानीय उत्पादन भएको फूलको प्रवर्द्धन गर्दै आएको बताए । फोकस मल्टीका सञ्चालन सरोज भट्टराईले पनि व्यावसायिक खेतीले राम्रो आम्दानी दिँदै आएको जानकारी दिए ।

उनले किसानलाई रोजगारी सहित युवाहरूको पहलमा सयपत्री खेती सहितका अन्य फलफूल समेत उत्पादन गरी खेती गर्दै आएको बताए । आफैमा कृषि प्राविधिक समेत रहेका भट्टराईले ५ वर्षदेखि निरन्तर बुटवल र अर्घाखाँचीमा फूल खेती गर्दै आएको जानकारी दिए । जग्गा भाडामा लिएर खेती अगाडि बढाएको उनको भनाइ छ ।

रुपन्देहीको सैनामैना वडा नम्बर–१ बर्माडाँडाकी किसान पेमा खनाल पोखरेलले पनि यो वर्ष ३ कट्ठा क्षेत्रफलमा फूल खेती गरेकी छिन् । विगत लामो समयदेखि फूल खेती गर्दै आएकी उनले यो वर्ष पनि निरन्तरता दिएको जानकारी दिइन् ।

यो वर्ष तिहार अलि छिटो भएको कारण फूल फुल्न आफै बाँकी रहेको र केही दिनमा तिहार सम्ममा करिब १ लाख रुपैयाँ बराबरको फुल उत्पादन हुने जानकारी दिइन । अगुवा किसान समेत रहेकी खनालले विभिन्न तरकारीका बिरुवा उत्पादन गरी बिक्री वितरण गर्दै आएकी छिन् ।

किसानले लामो समयदेखि मौसमी र बेमौसमी समयमा समेत सयपत्री फूलको उत्पादन गर्दै आएकी छिन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका किसान ईश्वरी भण्डारीले पनि डेढ बिघा जग्गा भाडामा लिएर सयपत्री खेती गरेका छन् । ग्रीनजोन एग्रो फार्मका सञ्चालक भण्डारीले विगत ६ वर्षदेखि व्यावसायिक खेती गर्दै आएका हुन् ।

लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालय बुटवलका निमित्त महानिर्देशक रामप्रसाद पाण्डेका अनुसार यो वर्ष प्रदेशमा लुम्बिनी प्रदेशमा गत वर्ष ३ लाख ८ हजार ५ सय किलो सयपत्री फूल उत्पादन भएकोमा यस वर्ष ३ लाख २३ हजार ९२५ किलो उत्पादन भएको जानकारी दिए ।

यो वर्ष लुम्बिनी प्रदेशमा २७.०१ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । जसबाट १२ करोड ९५ लाख ७० हजार रुपैयाँ बराबरको फूल उत्पादन हुने अपेक्षा गरिएको हो । यस्तै तिहारमा प्रयोग हुने मखमली फूल पनि गत वर्षको तुलनामा बढेको छ ।

गत वर्ष २४ हजार ४९५ माला उत्पादन भएकोमा यो वर्ष २६ हजार माला उत्पादन भएको निर्देशनालयले जनाएको छ ।  वरिष्ठ बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी मिलन गैरेका अनुसार प्रदेशमा उनका अनुसार गत वर्ष सयपत्री फूल २५.७२ हेक्टरमा लगाइएकोमा अहिले २७.०१ हेक्टर पुगेको छ ।

यस्तै मखमली फूल गत वर्ष शून्य दशमलव ३३ हेक्टर रहेकोमा अहिले शून्य दशमलव ३५ हेक्टर भएको निर्देशनालयले जनाएको छ । लुम्बिनी प्रदेशमा सयपत्री फूल गत वर्ष १२ करोड ३४ लाख रुपैयाँको बिक्री भएकोमा यस वर्ष १२ करोड ९५ लाख ७० हजार रुपैयाँको कारोबार हुने अनुमान कृषि निर्देशनालयले गरेको छ ।

मखमली फूलको गत वर्ष ८ लाख ५७ हजार रुपैयाँको उत्पादन भएकोमा अहिले १० लाख ४० हजार रुपैयाँ बराबरको उत्पादन भएको अनुमान गरिएको छ । लुम्बिनी प्रदेशमा मखमली फूलको उत्पादन यो वर्ष १३०० बोट प्रति रोपनी– ८६६ बोट प्रति कट्ठा रहेको छ ।

सूचना अधिकारी गैरेका अनुसार थुङ्गा सङ्ख्या प्रति बोट– २०० र एउटा मालाको लागि आवश्यक थुङ्गा सङ्ख्या– ७०–७५ अनुमान गरिएको छ । एउटा मालाको औसत दर रु. ३०–४० रुपैयाँको हुने अनुमान निर्देशनालयले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?