© 2026
काठमाडौं, ३० असोज ।
सरकारले केपी शर्मा ओलीको पालामा नियुक्त गरिएका राजदूतहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ । यस सम्बन्धमा निर्णय आजको मन्त्रिपरिषद् बैठकबाट गरिनेछ । मन्त्रिपरिषद्को बैठक हाल जारी छ ।
सरकारले फिर्ता बोलाउने तयारी गरेका राजदूतहरूमा भारतका लागि डा. शंकरप्रसाद शर्मा, चीनका लागि कृष्णप्रसाद ओली, अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्रकुमार घिमिरे, इजरायलका लागि धनप्रसाद पण्डित, जर्मनीका लागि शाहिल रुपाखेती, स्पेनका लागि शनिल नेपाल र रूसका लागि जंगब चौहान रहेका छन् ।
यस्तै, मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल तथा साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाललाई पनि सरकारले फिर्ता बोलाउने तयारी गरेको छ ।
केही राजदूतहरूलाई फिर्ता बोलाउने तयारीस्वरूप परराष्ट्र मन्त्रालयमार्फत सन्देश पठाइसकिएको स्रोतले जनाएको छ ।