© २०२३
काठमाडौँ ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा विभिन्न ८ वटा एजेन्डामा छलफल हुने तय भएको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिले बैठकका एजेन्डा तय गरेको हो ।
एजेन्डामा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछिको राजनीतिक घटनाक्रम, पार्टीको १५औं महाधिवेशनका विषयलगायत रहेका छन् ।
मंगलबारै सुरु भएको केन्द्रीय समिति बैठक सभापति शेरबहादुर देउवाले सम्बोधन गरेलगत्तै स्थगित भएको थियो । त्यसपछि बुधबार बैठक बसेन आजको बैठकको अध्यक्षता कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्नेछन् ।
मंगलबार देउवाले उपसभापति खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।
यस्ता छन् एजेन्डाहरू
१ जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम सम्बन्धमा ।
२ पार्टीको १५औं महाधिवेशन तयारी सन्दर्भमा ।
३ प्रतिनिधिसभा विघटन र घोषित फागुन २१ को निर्वाचन सन्दर्भमा ।
४ तोडफोड र आगजनीबाट भग्नावशेष भएका केन्द्रीय कार्यालयलगायत मुलुकभरका विभिन्न पार्टी कार्यालय पुन:निर्माण सम्बन्धमा ।
५ मुलुकको शान्ति सुरक्षा र क्षतिपूर्ति तथा पुन:निर्माण सम्बन्धमा ।
६ प्राकृतिक विपद् र क्षतिपूर्ति तथा पुन:निर्माण सम्बन्धमा ।
७ कार्यसम्पादन समितिको निर्णय सम्बन्धमा ।
८ विविध ।