© २०२३
काठमाडौँ , ३० असोज ।
मधेस प्रदेश सरकारका दुई नवनियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथग्रहण समारोहमा जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक कनिष पटेलले बिनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन् ।
यसअघि आजै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनलले मुख्यमन्त्री पदको शपथ लिएका थिए । उनी पाँच दलको समर्थनमा बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
लोसपा नेपालको नेतृत्वमा गठन भएको नयाँ मधेस प्रदेश सरकारमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सहभागी रहेका छन् ।