Butwal Today

हाम्रा प्रयासका तुलनामा षड्यन्त्रकारीहरू मुखर रूपमा आए : एमाले महासचिव

२९ आश्विन २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, २९ असोज ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी प्रयासभन्दा षड्यन्त्रकारी शक्तिहरूको मुखरता बढ्दा भदौ २३ र २४ का घटना भएको बताएका छन् ।

ललितपुर रामबाग महलमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा पोखरेलले संकट पहिचान भए पनि समयमा समाधान नगरेको कारणले पार्टी र देशलाई क्षति पुगेको स्मरण गराए । उनले युवा शक्ति र भूमिहीन सुकुम्बासीहरूमा पार्टीप्रति आकर्षण घटिरहेको विषय पनि अघिल्लो बैठकमा उठेको बताए ।