Butwal Today

आफू नै राज्य भएको भ्रम राख्ने माथि मौलिक उपचार हुन्छ : गृहमन्त्री अर्याल

२८ आश्विन २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, २८ असोज ।

गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा नभए पनि आफू राज्य भएको भ्रम राख्ने व्यक्तिहरूमाथि मौलिक तरिकाको ‘उपचार’ गरिने बताएका छन् । अछामका मदन बुढा सुदूरपश्चिमको प्रतिनिधित्वको माग गर्दै आमरण अनसन बसेको स्थानमा अनसन तोडेपछि मन्त्री अर्यालले यो कुरा बताएका हुन् ।

उनले भने, “सरकारमा नभए पनि म त सरकारमै छु जस्तो, म नै राज्य हुँ जस्तो भन्ने प्रवृत्ति विकृति हो । त्यसको उपचार अर्गानिक–तरिकाले भइरहेको छ ।”

मन्त्री अर्यालले थपे, “सरकार फेरिएको छ, तर कतिपयले अझै पनि आफ्नो सत्तामाथि अधिकार जमाउने जस्तो व्यवहार देखाइरहेका छन् । सरकारमा नभए पनि सेनामेना हेर्नुस् न कति जना लिएर हिँड्दा रहेछन् । एउटा मान्छेको पछाडि ५२ जना हुँदोरहेछ कतिपयको ४७ जना हुँदोरहेछ । यस्तो ‘आइ एम द स्टेट’ भन्ने मानसिकता अहिले पनि देखिन्छ ।”

उनका अनुसार यस्तो विकृतिको मूल कारण हटाउन र अनुशासन कायम गर्न मौलिक र प्रणालीगत उपायहरू लागू भइरहेको छ ।