ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

कृषिमैत्री छैनन् कृषि प्रविधि: डोजरभन्दा ट्याक्टर भाडा महँगो !

२५ आश्विन २०८२, शनिबार
२५ आश्विन २०८२, शनिबार

पाल्पा, २६ असोज । 

इन्धनको मूल्य ओरालो लागे पनि खेत जोत्नका प्रयोग हुने ट्याक्टरको ज्याला यहाँका व्यवसायीले समायोजन गरेका छैनन् । यसले कृषकहरू मर्कामा परेका छन् ।

एक रुपैयाँ डिजेलमा १० देखि २० रुपैयाँसम्म कम हुँदासम्म यहाँका व्यवसायीले भाडा दर समायोजन तथा मूल्य कम नगरेका हुन् । पछिल्लो समयमा कृषि प्रयोजनका लागि गोरु पाल्ने परिपाटी कमै भएका कारण गाउँ घरमा ट्याक्टरको प्रयोग बढिरहेको छ ।

खेत बारीमा जोत्ने, झार काट्ने देखि धान चुट्नका लागि ट्याक्टरको प्रयोग हुँदै आएको छ । यहाँका ट्याक्टर व्यवसायीले जोत्ने देखि धान चुट्ने गर्दा प्रति मिनेट ५० रुपैयाँ ज्याला बापत लिने गरेका छन् । व्यवसायीले मूल्य समायोजन नगर्दा कृषक समस्यामा परेको तानसेन नगर दमकडाका कृषक शिव नेपाल बताउँछन् ।

ज्याला प्रत्येक वर्ष बढ्दो अवस्थामा रहेको र डिजेलको मूल्य घट्दो अवस्थामा रहेको भए पनि यस विषयमा स्थानीय सरकार मौन रहेको उनले गुनासो पोखे ।  माथागढी गाउँपालिका सराइका देव बहादुर दर्लामीले आठ रोपनी क्षेत्रफल रहेको जग्गामा रोटाभेटर र हलो प्रयोग गर्दा १० हजार रुपैयाँ ज्याला लागेको उनले बताए ।

व्यवसायीले आफू खुसी ज्याला निर्धारण गर्दा कृषक समस्यामा परेको हो । खेत बारीमा खेती गर्दा लागत मूल्य बढ्नु पनि यही कारण होे । अब कसरी खेत जोताउने भन्ने विषयमा चिन्ता रहेको छ । कृषकको समस्या कसले बुझ्ने होला ? उनले भने ।

गोरु पाल्ने भनेको अत्यन्तै मेहनतको काम भएकाले सबैले पाल्न छाडे । जोत्ने भनेकै ट्याक्टरले नै हो । टोल टोलमा ट्याक्टर छन् । सामान ढुवानी भन्दा पनि जोत्ने कम बढि हुन्छ । आफू खुसी भाडा लिन पाइयो । कृषक अत्यन्तै मारमा परेका छन् ।

यो विषयमा कहीँ कतै, कुनै निकायले पनि यस विषयमा कुरा नउठाउँदा व्यवसायीले कृषकको टाउकोमा टेकेको अर्गलीका कृषक कृष्ण पराजुली बताउँछन् ।  स्थानीय निकायका जनप्रतिनिधिले यो विषय उठाउनुपर्नेमा अप्रत्यक्ष रूपमा जोडिएका कारणले वडा तहका जनप्रतीनिधि मौन रहेको कृषकहरू बताउँछन् ।

]केही वडा अध्यक्षका नै ट्याक्टर छन् । जनप्रतिनिधि समक्ष नै सवाल जवाफ गर्न सक्ने क्षमता नभएका कारण मूल्य तथा ज्याला आकासिएको रभ्भा गाउँपालिका हुंगीका वेद प्रसाद भण्डारी बताउँछन् ।

यो विषयमा अनविज्ञ त कुनै जनप्रतिनिधि छैनन् तर यही कारणले ज्याला नघटेको उनले बताए । डोजर १ घण्टा चलाउँदा २ हजार ४ सय रुपैयाँ पर्छ भने ट्याक्टर १ घण्टा चलाउँदा ३ हजार रुपैयाँ ज्याला लागेको र इन्धन खपत बराबर हुन्छ उनले भने ।

कृषि ज्ञान केन्द्रको तथा अनुसार ५७ हजार १ सय ७२ हेक्टर क्षेत्रफलमा खेती गरिँदै आएकोमा धान ८ हजार २ सय ५०, गहुँ ६ हजार ३ सय ६५ मकै २१ हजार ५ सय ६४ हेक्टर क्षेत्रफलमा खेती गरिएको मध्य ९८ प्रतिशत ठुलो ट्याक्टर नै प्रयोग गर्दछन् ।

ट्याक्टर सञ्चालकका एक व्यवसायीले आफ्नो नाम उल्लेख नगरिदिने सर्तमा भने सङ्गठित छैनन् व्यवसायी सामान्य रूपमा हो । आफ्नो संस्था कानुनी प्रक्रिया पुरा नगरेको कारण धेरै बोल्न नहुने उनले भने ।

जिल्ला प्रशासनका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी ऋषि राम सुवेदी भन्दछन् । विषय तथा कृषकको समस्या सान्दर्भिक भएको र यसलाई प्रमुख जिल्ला अधिकारीको रोहवरमा व्यवसायी सँग छलफल गरी समायोजन तर्फ लाग्न आफूले पहल गर्ने बताउँछन् ।

ट्याक्टर व्यवसायीले जिल्लाभर मूल्यमा एकरूपता कायम नगरेको र व्यवसायीले भूगोल अनुरूप प्रति मिनेट ८० रुपैयाँ सम्म लिने गरेको स्थानीयहरू बताउँछन् ।

विशेष गरी माथा गढीको रहवास, बहादुरपुर, गोठादी, पूर्वखोलाको विस्फोट र जल्पा, निस्दीको ज्यामिरे, अर्चले, मित्याल झिरुवास, सहलकोट बाकामलाङ जस्ता गाउँमा प्रति मिनेट ८० रुपैयाँ लिने गरेको स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?