Butwal Today

इलाम ३ महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

२३ आश्विन २०८२, बिहीबार
अ+
अ-

काठमाडौं, २३ असोज ।

सरकारले इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पछिल्लो समय इलाममा आएको बाढीपहिरोबाट भएको ठूलो मानवीय क्षतिको आधारमा यस्तो निर्णय गरेको हो ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले बैठकपछि जानकारी दिँदै भने, “हालैको बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति इलाममा भएकोले, सरकारले उक्त क्षेत्रलाई तीन महिनाका लागि संकटग्रस्त घोषणा गरेको हो ।”

इलाममा आएको बाढीपहिरोका कारण हालसम्म ३९ जनाको मृत्यु भइसकेको छ ।